Matra Education आइतबार, साउन १० २०८३

विद्यार्थीहरुलाई पढेर पहिलो हुनैपर्छ भनेर दबाब दिनु हुँदैन : गगन थापा

विद्यार्थीहरुलाई पढेर पहिलो हुनैपर्छ भनेर दबाब दिनु हुँदैन : गगन थापा

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र २९ २०७९


फाईल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले साना कक्षामा पढ्ने विद्यार्थीहरुलाई पढेर पहिलो बन्नैपर्छ भनेर मानसिक दबाब दिन नहुने बताएका छन्

बुधबार ललितपुरको एक विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरूले आफुले सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताए।

उनले बालबालिकालाई सानै कक्षा देखिनै पहिलो हुनुपर्छ भनेर दबाब दिँदा चिन्ता पैदा भई बालबालिकाहरूको मनस्थितिमा नकारात्मक प्रभाव पर्ने बताए । उनले बालबालिकाहरूलाई जीवन भनेको रमाइलो हुन्छ, लाइफमा नयाँ कुरा सिक्नुपर्छ भनेर सम्झाउनु पर्ने बताए ।

महामन्त्री थापाले भने, ‘मलाई त तनाव  छ, यसो बच्चाहरूलाई हेर्छु, मेरो ६ कक्षामा, ४ कक्षामा पढ्ने बच्चालाई तनाव छ, होमवर्क नसकेको तनाव कहिले के तनाव रु अब त्यो ४ कक्षाको बच्चालाई त जीवन भनेको रमाइलो हुन्छ, लाइफमा यो भन्दा पछि नयाँ कुरा सिक्नुपर्छ भन्ने हुन्छ। दौडिने कुरा सिकाउनुपर्छ तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नु हुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनु पर्छ। सधैं दौडेर फर्स्ट हुनुपर्छ भनेर सिकाउनु भएन। पहिलोको पछाडि दौडिन सिकाउनु हुँदैन। कहिलेकाहीँ सेकेण्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन तर त्यसकै पछि दौडाउनु हुँदैन। पहिलोको आशक्त बनाउनु भएन। काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड