Matra Education आइतबार, साउन १० २०८३

मेडिकल काउन्सिलद्वारा लाइसेन्स परीक्षाका लागि आवेदन माग (सूचना सहित)

मेडिकल काउन्सिलद्वारा लाइसेन्स परीक्षाका लागि आवेदन माग (सूचना सहित)

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र २९ २०७९


काठमाडौं- नेपाल मेडिकल काउन्सिल, बाँसबारी, काठमाडौंले ६५ औं लाइसेन्स परीक्षाको आवेदन माग गरेको छ ।

काउन्सिलले २०८० जेठ १७, १८ र १९ गते (२०२३ मे ३१ देखि जुन २ तारिख सम्म) बुधबार देखि शुक्रबार सम्म सञ्चालन हुने परीक्षाको लागि २०८० बैशाख ४ गते देखि जेठ २ गतेसम्म नियमित र जेठ ३ र ४ गते बिलम्ब शुल्क सहित www.exam.nmc.np.org मा दिईएको निर्देशन बमोजिम अनलाईन आवेदन पेश गर्न आह्वान गरेको छ ।  अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नहुने सूचनामा उल्लेख छ ।

विदेशी कलेजमा भर्ना भै कोभिङका कारण नेपालमा इन्टर्नसीप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुनका लागि इन्टर्नसीप पूरागरेको र आफु भर्ना भएको विश्विवद्यालयबाट इन्टर्नसीप सहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने काउन्सिलको सूचनामा उल्लेख छ ।

मेडिकल काउन्सिलद्वारा २०८० को बार्षिक कार्यतालिका सार्वजनिक

नेपाल मेडिकल काउन्सिलको २०८० सालमा लिइने परीक्षाको बार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको कार्यतालिका अनुसार स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) साल जेठ १७, १८ र १९ गते ६५ औं र असोज १०, ११ र १२ गते ६६ औं परीक्षा सञ्चालन गर्ने भएको छ । त्यसैगरी वर्षको अन्त्यमा माघ १७, १८ र १९ गते तेस्रो चरण वा ६७ औं परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

सूचना हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड