काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रमको नारा तय गरेको छ ।
केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तह, विद्यालयका नाममा पत्र पठाउदै “समयमै भर्ना, समयमै ज्ञान गुणस्तरीय शिक्षा, सबैको अभियान” भन्ने आदर्श नाराका साथ शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको छ ।
साथै विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक अधिकार सारभूत रुपमा कार्यान्वयन गर्न सबै स्थानीय तह र विद्यालयहरुले विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्न तथा शिक्षा विकास तथा समन्वय इकाईहरुले पनि सोहि अनुसार समन्वय र सहजीकरण गरिदिन केन्द्रको अनुरोध छ ।
त्यसैगरि केन्द्रले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना २०८० बैशाख महिनामा नै सञ्चालन गर्ने व्यवस्था मिलाउन, स्थानीय तहको शिक्षा शाखाको एकजना कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी सूचना, समन्वय र सहजीकरण गर्न लगाउन र स्थानीय एफ। एम। रेडियो लगायत स्थानीय स्तरका सञ्चार माध्यमहरुबाट सकेसम्म स्थानीय भाषामा विद्यार्थी भर्ना सम्बन्धी सचेतानामलक सूचना विज्ञापन प्रसारणको व्यवस्था सकिने सूचनामा उल्लेख छ ।
भर्ना अभियानबाट बिद्यालयमा भर्ना भएका बालबालिकाको उमेरगत विवरणसहितको प्रतिबेदन केन्द्रको जारि गरेको पत्र अनुसार सम्बन्धित शिक्षा बिकास तथा समन्वय इकाइमा पठाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
सूचना सहित

