Matra Education आइतबार, साउन १० २०८३

देशभर पाठ्यपुस्तक बिक्री सुरू

देशभर पाठ्यपुस्तक बिक्री सुरू

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र २४ २०७९


काठमाडौं- आगामी वैशाख २ गते देखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री सुरू गर्ने भएको छ ।

सानोठिमीमा रहेको मुख्य कार्यालयसहित ८ स्थानबाट पाठ्यपुस्तक बिक्री सुरू गर्न लागेको केन्द्रले जानकारी दिएको छ । त्यस्तै केन्द्रका सबै प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम र अन्त्यमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिएको हो ।

केन्द्रले सबै प्रादेशिक कार्यालयलाई परिपत्र गर्दै दुर्गममा पहिलो, पहाडीमा दोस्रो र सुगम र तराईका जिल्लामा अन्तिम चरणमा पाठ्यपुस्तक ढुवानी र बिक्री गर्न निर्देशन दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाका अनुसार आठबटै प्रदेश कार्यालयले १ हजार २ सय ६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गर्ने र वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने बताइएको छ ।

त्यस्तै आगामी शैक्षिक सत्र देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार निजी प्रकाशकले ५ कक्षाको र जनक शिक्षा सामग्री केन्द्रले ८ र १० को पुस्तक प्रकाशनको जिम्मा लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड