काठमाडौँ-शिक्षक सेवा आयोग, सानोठिमी, भक्तपुरले शिक्षक पदको करार सूची प्रकाशन गरेको छ । आज एक सूचना जारी गर्दै आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको करार सूची प्रकाशन गरेको हो ।
शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) ले गरेको व्यवस्था अनुसार आयोगको मिति २०७९र/१२र/२१ र २२ गतेको निर्णय अनुसार कोशि प्रदेश अन्तर्गतका जिल्लाहरुको करार सूची प्रकाशन गरिएको र करार सूची परेका उम्मेदवारहरुलाई अस्थायी र करारमा नियुक्ती गर्दाको समयमा सम्बन्धित निकायले आयोगको नियमावली २०५७ को नियम ९ को उपनियम १ को (क) मा उल्लिखित योग्यता तथा तालिम समेत यकिन गर्न यो सूचना जारी गरिएको आयोगले जनाएको छ ।
करार सूची हेर्न यहाँ क्लिक गर्नुहोस्