काठमाडौं- शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरले तालिममा सहभागी हुन अनुरोध गरेको छ । तालिममा लेखाजोखा संयोजक कार्यरत रहेका जिल्लाहरु मात्र पुनःताजगी तालिममा सहभागिता हुन पाउनेछन् ।
तालिम मिति २०७९/१२/२६ देखि २०७९/१२/२९ सम्म धुलिखेल, काभ्रेमा विहान १०:०० बजे देखि सुरु हुनेछ । तालिममा सहभागी हुनेहरुले कार्यक्रममा आउँदा जाँदा जिल्ला सदरमुकामबाट कार्यक्रम स्थलसम्मको मात्र दैनिक तथा भ्रमण भत्ता उपलब्ध हुने र भ्रमण गर्दा सस्तो सवारी साधनको प्रयोग गर्नु पर्ने सूचनामा उल्लेख छ ।
सबै लेखाजोखा संयोजकहरु आफु कार्यरत रहेको कार्यालय र विद्यालयमा समन्वय गरी पत्रसहित सहभागी हुन आउनु हुनका साथै आ.व. २०७८ /७९ को वार्षिक प्रतिवेदन अनिवार्यरुपमा लिई आउन सूचना सार्वजनिक गरिएको छ ।
सूचना सहित:
