Matra Education आइतबार, साउन १० २०८३

सिटिईभीटिले जारी गर्यो अत्यन्त जरुरी सूचना (सूचना सहित)

सिटिईभीटिले जारी गर्यो अत्यन्त जरुरी सूचना (सूचना सहित)

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र २२ २०७९


काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिईभीटि , परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले विभिन्न खण्डको परीक्षा आवेदन फाराम भर्न छुटेकाहरुको लागि एक सूचना सार्वजनिक गरेको छ ।

सिटिईभिटिले आज सूचना जारी गर्दै डिप्लोमा तहको दोश्रो बर्ष दोश्रो खण्ड र तेश्रो बर्ष दोश्रो खण्डको नियमित र आंशिक परीक्षाको परीक्षा आवेदन फाराम भर्न छुटेकाहरुको सूचना सार्वजनिक गरेको हो ।

कार्यालयको मिति २०७९/११/०८ गते प्रकाशित सूचना अनुसार डिप्लोमा इन इन्जिनियरिङ्ग, फुड एण्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेण्ट र सोसियल वर्क्स, ईन्टरप्रेनरशीप डेभलपमेण्ट कार्यक्रमहरुको नियमित /आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम (दलित, मुसलमान, लोपोन्मुख जाति तथा भूकम्प प्रभावित) अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ्ग तर्फ अध्ययन गरेका विभिन्न कार्यक्रमहरुको दोश्रो वर्ष दोश्रो खण्ड र तेश्रो बर्ष दोश्रो खण्डका परीक्षार्थीहरुको नियमित / आंशिक आवेदन फाराम भर्ने परीक्षाको आवेदन फाराम भर्न छुट हुन गएकोले पहिले प्रकाशित सूचनाका सम्पुर्ण शर्तहरू लागू हुने गरी बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने अन्तिम म्याद मिति २०७९/१२/२२ र २३ गतेसम्म थप गरिएकोले शिक्षालयहरुले ITMS Online मा सोही दिन Entry गरीसक्नुपर्ने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको सिटिईभिटिले जनाएको छ ।

साथै शिक्षालयले छुट भएका परीक्षा आवेदन फारामहरुको बिलम्ब शुल्क दाखिला गरी मिति २०७९।१२/२६ गते सम्ममा आवश्यक कागजातहरु सम्वन्धित प्रदेश कार्यालयमा बुझाउनु पर्नेछ ।

सिटिईभिटिको सूचना www.ctevt.org.np मा हेर्न सकिनेछ ।

सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड