Matra Education आइतबार, साउन १० २०८३

त्रिविद्धारा परीक्षा केन्द्र संशोधन सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

त्रिविद्धारा परीक्षा केन्द्र संशोधन सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र २१ २०७९


काठमाडौं- त्रिभुवन विश्वविद्यालय,विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले प्रवेश परीक्षाको परीक्षा केन्द्र संशोधन गरेको छ । त्रिविले आज एक सूचना जारी गर्दै परीक्षा केन्द्र संशोधन गरिएको सूचना प्रकाशित गरेको हो ।

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञानतर्फ चार वर्षे स्नातक तह (B.Sc.) २०७९ र ०८० मा भर्नाका लागि केही क्याम्पसहरूमा कोटा रिक्त रहेकाले यो सूचना प्रकाशित गरिएको हो ।

उक्त कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरूका निमित्त २०७९/१२/२५ पुनः प्रवेश परीक्षा हुने गरी २०७९/१२/८ मा सूचना प्रकाशित गरिएकोमा विशेष कारणवश परीक्षा केन्द्र संशोधन गरिएको त्रिविले प्रकाशित गरेको सूचनामा उल्लेख छ । त्यस्तै प्रवेश परीक्षासम्बन्धी अन्य कार्यतालिका भने पूर्व सूचना अनुसार नै हुनेछन् ।

सूचना सहित:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड