Matra Education आइतबार, साउन १० २०८३

आधारभूत शिक्षा नि: शुल्क र सर्वसुलभ हुन सकेन : सभामुख घिमिरे

आधारभूत शिक्षा नि: शुल्क र सर्वसुलभ हुन सकेन : सभामुख घिमिरे

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र २१ २०७९


काठमाडौं- सभामुख देवराज घिमिरेले संविधानमा आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै घिमिरेले नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गर्नुका साथै निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन हुन नसकेको बताए ।

सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भएपनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको र संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरे ।

कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै सभामुख घिमिरेले भने, ‘कानून कार्यान्वयनमा किन बाधा पुगेको छ ? ठूलो लगानी सदुपयोग किन भएको छैन, लगानीको प्रतिफल किन पाएका छैनौं भनेर तपाईंहरुले छलफल गर्नुपर्छ।’

सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिँदै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भएपनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताए।

उनले शिक्षाले देशको भविष्य निर्धारण गर्ने हुँदा आर्थिक, सामाजिक र साँस्कृतिक सुधारका लागि शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिए । सभामुख घिमिरेले सार्वजनिक विद्यालयको गुणस्तर कम हुँदा सर्वसाधारणले खर्च कटाएर भएपनि निजी विद्यालयमा छोराछोरी भर्ना गर्नुपर्ने अवस्था आएको  सभामुख घिमिरेको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड