काठमाडौं- काठमाडौं महानगरपालिका, शिक्षा विभागले संस्थागत विद्यालयहरु आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने परिपत्र जारी गरेको छ ।
विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ मा व्यवस्था भए अनुसार विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य गराउन नपाईने सूचनामा उल्लेख छ ।
निर्देशिका२०६९ मा यस्तो व्यवस्था हुँदाहुँदै पनि कतिपय विद्यालयहरुले विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका बमोजिम गर्न गराउनु हुन परिपत्रमा निर्देशन दिएको छ ।
यदि नियम उल्लघन भए गरेको पाइएमा कानुन बमोजिम आवश्यक कारवाही गरिने र सो को जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने परिपत्रमा उल्लेख छ ।
सूचना सहित:
