Matra Education आइतबार, साउन १० २०८३

सीटीईभीटीद्धारा समकक्षता निर्धारण सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

सीटीईभीटीद्धारा समकक्षता निर्धारण सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र २० २०७९


काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्सी(सीटीईभीटी), सानोठिमी, भक्तपुरले स्वास्थ्य शिक्षा सम्बन्धी प्रि-डिप्लोमा तहका कार्यक्रमहरूको समकक्षता निर्धारण सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।

पाठ्यक्रम समितिको निर्णय बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७४ लागू भएपछि शैक्षिक सत्र २०७८/७९ देखि सीटीईभीटीले प्रि-डिप्लोमा (टी-एसएलसी) तहका स्वास्थ्य शिक्षा सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू बन्द गरेको अवस्थामा विदेशी शिक्षण संस्थाबाट प्रि ( डिप्लोमा तहका स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमहरूमा शैक्षिक सत्र २०७८ / ७९ ( जुलाई २०२१) पूर्व भर्ना भएर अध्ययन पूरा गरेर आएका व्यक्तिहरूको सूचना प्रकाशित भएको मितिले १ वर्षभित्र मात्र निवेदन दर्ता गरी नियमानुसार समकक्षता प्रदान गरिने छ ।

तर शैक्षिक सत्र २०७८ / ७९ (जुलाई २०२१) देखि भर्ना भई अध्ययन पूरा गरेर आएका व्यक्तिहरूको निवेदन दर्ता नहुने तथा समकक्षता समेत प्रदान नगर्ने भएको हो ।

साथै यस सम्बन्धी विस्तृत जानकारी परिषद् कार्यालयको आधिकारिक वेबसाइट www.ctevt.org.np मा प्रकाशित गरिएको सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड