Matra Education आइतबार, साउन १० २०८३

विपन्न लक्षित छात्रवृत्ति वितरण सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

विपन्न लक्षित छात्रवृत्ति वितरण सम्बन्धी सूचना प्रकाशित (सूचना सहित)

  • मात्र एजुकेशन
  • आइतबार, चैत्र १९ २०७९


काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय,सानोठिमी, भक्तपुरले सामुदायिक विद्यालयका कक्षा ९-१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरुको विवरण सार्वजनिक गरेको छ ।

छात्रवृत्ति वितरण गर्ने प्रयोजनका लागि चालु आ.व २०७९/८० को विद्यालय क्षेत्र विकास कार्यक्रम तर्फ बजेट उपशीर्षक नं. ३५००१००१ को खर्च शीर्षक नं. २६३३२ क्रियाकलाप नं. २.७.१३.५४ मा कक्षा ९-१२ मा अध्ययनरत विपन्न लक्षित छात्रवृत्ति (pro-poor target scholarship)  का लागि छनौट भएका विद्यार्थीहरुको नाम सार्वजनिक गरेको हो ।

छात्रवृत्ति ९कक्षा ११ र १२ को विज्ञान विषय समेतका लागि) कार्यक्रम शीर्षकमा LMBIS प्रविष्टि भई वित्तीय हस्तान्तरण भएकाले सम्बन्धित स्थानीय तहहरूले विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयन मापदण्ड, २०७८ वमोजिम तपसिलमा उल्लिखित विद्यार्थीहरुलाई छात्रवृत्ति रकम उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड