काठमाडौ- रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले आफ्नो एसईई को परिक्षा दिन एक जना नक्कली परिक्षार्थीलाई खटाएको पाइएको छ ।
मेयर साहको सट्टामा एसईई परिक्षा दिंदै गरेका गरुडा ६ पोठियाहीका कमल साह पक्राउ परेपछि यो रहस्य खुलेको हो।
मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ माविमा संचालन भइरहेको एसईईमा नियमिततर्फ सिम्बोल नं. ३५०३७२८ का विद्यार्थी प्रेमलाल साह कानुको सट्टामा परीक्षा दिइरहेका कमल साहलाई परीक्षा अनुगमन गर्न गएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका नक्कली परिक्षार्थी साह अरु कोहि नभएर मेयरका ज्वाइ रहेको स्रोतको भनाइ छ । ससुराका सट्टामा परीक्षा दिइरहेका साह इन्जिनियर हुन् ।
परीक्षा सञ्चालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाच गर्दा साह पक्राउ परेका हुन् । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।