काठमाडौं- त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, समन्वय महाशाखाले शिक्षक तथा कर्मचारीहरुको अन्तर्वार्ता सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
त्रि.वि. जनशक्ति विकास तथा कल्याण कार्यक्रम अन्तर्गत त्रि.वि.का शिक्षक तथा कर्मचारीहरुको विद्यावारिधि/रएम.फिल.तहको उच्च अध्ययनका लागि आ.व. २०७/र८० मा प्रकाशित सूचना अनुसार त्रि.वि. अन्तर्गतका क्याम्पस / कार्यालयमा स्थायी सेवामा कार्यरत शिक्षक/कर्मचारीहरुले आन्तरिक तथा खुल्ला तर्फ आवेदन दिने उम्मेदवारहरुमध्ये नियमानुसार योग्यता पुगेका उम्मेदवारहरुको अन्तर्वार्ता यहि चैत १९ गते देखि २७ गते सम्म त्रि.वि. समन्वय महाशाखा कीर्तिपुरमा हुने भएकोले उक्त अन्तर्वार्तामा उपस्थित हुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको हो ।
साथै आफ्नो आवेदन फारम साथ पेश गरेका प्रमाणपत्रहरुको सक्कल प्रमाणपत्रहरु अनिवार्यरूपमा लिई उपस्थित हुन यो सूचना जारी गरिएको त्रि.वि. ले जनाएको छ । त्यस्तै अन्य जानकारीको लागि महाशाखामा सम्पर्क राख्न समेत त्रिविले अनुरोध गरेको छ ।
सूचना सहित:


