काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुने भएका छन्। उक्त पार्टीले आफ्नो भागमा परेको मन्त्रालय बाट शिक्षामन्त्रीका लागि उनको नाम प्रधानमन्त्रीलाई दिएको हो ।
राईले शिक्षा मन्त्रालय लिएर आफू सरकारमा जाने निश्चित भएको बताए । उनले भने, ‘सरकारमा पार्टीबाट शिक्षा मन्त्रालय लिएर म जाने निश्चित भएको छ । अर्को व्यक्तिको टुंगो लाग्न बाँकी छ । हामी छलफलमै छौँ ।’
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जसपाले शिक्षा र वन मन्त्रालय पाएको छ । दश दलीय गठबन्धनलाई समेटेर प्रचण्डले आजै तीन बजे मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।