Matra Education आइतबार, साउन १० २०८३

सिटिइभिटीद्वारा सीप परिक्षणको लागि आवेदन माग (सूचना सहित)

सिटिइभिटीद्वारा सीप परिक्षणको लागि आवेदन माग (सूचना सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र १६ २०७९


काठमाडौं प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद्(CTEVT) , राष्ट्रिय सीप परिक्षण समिति (National Skill Testing Board-NSTB) ले सीप परिक्षणको लागि आवेदन आह्वान गरेको छ ।

सिटिईभिटी तथा एनएसटिबि बाट स्वीकृत राष्ट्रिय व्यवसायगत सीप प्रमाणिका अनुसार व्यवसायीक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना दोस्रो (EVENT- II) को सहयोगमा सहुलियत शुल्कमा संचालन हुने पुर्व सिकाईको सीप परिक्षणमा सहभागी हुन चाहने १६ वर्ष उमेर पुगेका तथा वैदेशिक रोजगारबाट फर्केका नेपाली नागरिकहरुले आफुलाई पाएक पर्ने परिक्षण केन्द्रमा स्वयंम उपस्थित भई आवेदन फारम पेश गर्नहुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको सिटिइभिटिले जनाएको छ ।

आवेदन फारम २०८० साल वैशाख ६ गते भित्र बुझाउनु पर्नेछ । साथै आवेदन फारम प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद्(CTEVT) , राष्ट्रिय सीप परिक्षण समिति (NSTB) तथा इन्भेट परियोजनाको वेभ साइट क्रमश:  www.ctevt.org.np, www.nstb.org.np तथा www.event.gov.np बाट डाउनलोड गर्न तथा तोकिएको केन्द्रहरुबाट प्राप्त गर्न सकिनेछ ।

सूचना हेनुहोस्:

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड