Matra Education आइतबार, साउन १० २०८३

अनलाइन फारममा तालिमको विवरण स्पष्ट भर्न आयोगको निर्देशन (सूचना सहित)

अनलाइन फारममा तालिमको विवरण स्पष्ट भर्न आयोगको निर्देशन (सूचना सहित)

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र १६ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले अनलाइन फारममा तालिमको विवरण स्पष्ट भर्न निर्देशन दिएको छ ।

आयोगले आज एक सूचना सार्वजनिक गर्दै मिति २०७९/१२/९ गते आयोगबाट प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापनमा अनलाइन प्रणाली मार्फत फारम भर्ने व्यवस्था गरिएकोमा शिक्षाशास्त्र तर्फबाट शैक्षिक उपाधि हासिल गरेका [Teaching practice (Instructional Pedagogy वा  Practicum  गरेको ] उम्मेदवारहरूको उक्त शैक्षिक योग्यतालाई आयोगको नियमावलीले तालिमको समेत मान्यता दिएको हुँदा मेरो प्रोफाइल अन्तर्गत रहेको तालिमको विवरण उल्लिखित विषयवस्तु नै प्रविष्ट नगरी सोझै फारम समावेश गर्ने गरेका कारणले फारम समाविष्ट नभएको भनी बारम्बार आयोगमा सोध्ने काम भएकोले तालीमको विवरणमा समेत शैक्षिक योग्यता अनुसारको विवरण तोकिएको स्थानमा प्रविष्ट गर्न र उक्त ट्रान्सक्रिप्ट तालिम महलमा अपलोड (upload)  समेत गर्न सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरेको आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस्:

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड