काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव विकास स्रोत केन्द्र, योजना तथा अनुगमन शाखाले शिक्षक र बालविकास सहजकर्ताको नपुग तलब भत्ताका बारेमा आज एक सूचना सार्वजनिक गरेको छ ।
मन्त्रालयले २०७९/८० को शिक्षक तथा वालविकास सहजकर्ताको तलब भत्ता नपुग हुने भएमा कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० को अनुसूची १ को ढाँचामा शिक्षा विकास तथा समन्वय इकाई मार्फत पठाउन अनुरोध गरिएकोमा स्थानीय तहहरूको नपुग तलब भत्ता सम्बन्धी विवरण हाल सम्म पनि प्राप्त नभएकोले तलब भत्ता पुग/ नपुग को विवरण तयार गरी मिति २०७९/१२/२० गते भित्र केन्द्रको इमेल ठेगाना planning.cehrd@gmail.com मा पठाउन अनुरोध गरेको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।