काठमाडौँ- चिकित्सा शिक्षा आयोग,परीक्षा निर्देशनालयले स्नातक तहमा म्याचिङ प्रणालीबाट छात्रवृत्ति तथा स:शुल्क तर्फ उम्मेदवार छनौट गर्नका लागि अनलाइन प्राथमिकताक्रम निर्धारण र सम्पुर्ण समुहको म्याचिङ सम्बन्धी कार्यतालिका प्रकाशित गरेको छ ।
आयोगले स्नातक तहको मिति २०७९/११/२४ देखि २८ गतेसम्म सञ्चालन भएका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको मिति २०७९/१२/०१ देखि ४ गतेसम्मको नतिजाको योग्यताक्रममा रहेका उम्मेदवार र मिति २०७९/१२/०५ गते प्रकाशित आरक्षण समुहहरुको योग्यताक्रममा रहेका उम्मेदवारहरुको कम्प्युटर प्रणालीमा आधारित म्याचिङ विधिद्वारा भर्नाका लागि आयोगको वेबपोर्टल https://entrance. mec.gov.np मार्फत अनलाइन प्राथमिकताक्रम निर्धारण गरि “शिक्षण संस्था र शैक्षिक कार्यक्रम” छनौट गर्न आयोगको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा तथा विद्यार्थी भर्नासम्बन्धी कार्यविधि २०७९ बमोजिम सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ ।
छात्रवृत्ति (नेपाल र बङगलादेश) तथा सशुल्क दुवैतर्फको सिटहरुमा म्याचिङ हुनका लागि अनलाइन प्राथमिकताक्रम निर्धारण एक पटकमात्र गराईने भएकोले र सोबाटै सम्पुर्ण चरणका म्याचिङ हुने हुनाले योग्यताक्रममा रहेका अध्ययन गर्न चाहने उम्मेदवारहरुले अनिवार्य रूपमा “शिक्षण संस्था र शैक्षिक कार्यक्रम” छनौटका लागि अनलाइन प्राथमिकताक्रम निर्धारण गर्नुपर्ने सूचनामा उल्लेख छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।