काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुले स्नातकोत्तर तहको नतिजा सार्वजनिक गरेको छ। डीनको कार्यालयले हिजो एक सुचना जारी गर्दै नतिजा सार्वजनिक गरिएको जनाएको हो ।
परीक्षा सेमेस्टर प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७९ साल पौष महिनामा संचालन भएको स्नातकोत्तर तह वातावरण बिषय प्रथम वर्ष दोश्रो शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा सञ्चालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको हो ।
नतिजा हेर्नुहोस् :

