काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको प्रवेश पत्र प्रिन्ट गर्न सूचित गरेको छ।
आयोगबाट मिति २०७९/१०/२७ गते प्रकाशित निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन(२०७९) बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिहरूलाई प्रवेश पत्र प्रिन्ट गर्न सूचित गरिएको हो। दरखास्त फाराम भर्ने उम्मेदवारहरूले फारम भर्दा प्रयोग गरिएको इमेल र पासवर्ड बाट लगइन गरेर दरखास्त पेस गरेको विवरणहरूमा क्लिक गरी ‘भ्यु’ मा क्लिक गरेर प्रवेश पत्र डाउनलोड गरी प्रिन्ट गर्न सक्ने आयोगले जनाएको छ।
प्रवेश पत्रको प्रतिलिपि दिने व्यवस्था नभएकाले प्रवेश पत्र सुरक्षित साथ राख्न र परीक्षामा सहभागी हुन आउँदा साथमा अनिवार्य रूपमा ल्याउन समेत आयोगले अनुरोध गरेको छ।
माध्यमिक तहको अध्यापन अनुमति पत्रको प्रवेश पत्र प्रिन्ट गर्ने सम्बन्धी सूचना हेर्नुहोस्:
