Matra Education आइतबार, साउन १० २०८३

व्यवस्थापन संकायमा पढ्ने विद्यार्थीहरुको संख्या सबैभन्दा बढी

व्यवस्थापन संकायमा पढ्ने विद्यार्थीहरुको संख्या सबैभन्दा बढी

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र १० २०७९


काठमाडौं- आज राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएको छ । जनगणनाको प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाइमा व्यवस्थापन संकाय परेको छ । विद्यार्थीहरुले विषेश गरी कमर्स अर्थात् वाणिज्य शास्त्र पढ्ने गरेको पाईएको छ।

आज शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार विद्यार्थीहरुको पहिलो रोजाइमा व्यवस्थापन, दोस्रोमा शिक्षा र तेस्रोमा मानविकी संकाय रहेकोे छ।

जनगणनाको नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थीहरु अर्थात् ३५.१ प्रतिशतले व्यवस्थापन संकायअन्तर्गतका विभिन्न विषय अध्ययन गरेको देखिएको छ। त्यसैगरी शिक्षाशास्त्र अध्ययन गरेका विद्यार्थीहरु २९.९ प्रतिशत रहेका छन् भने मानविकी तथा सामाजिक शास्त्र
अध्ययन गरेका विद्यार्थीहरु ११.५ प्रतिशत मात्र रहेका छन्।

माथीको तथ्यांक हेर्दा विद्यार्थीहरुको मोह सबैभन्दा बढी व्यवस्थापन संकायमा रहेको पाइन्छ भने सबैभन्दा कम मानविकी तथा समाजशास्त्रमा रहेकोे तथ्यांकमा देख्न सकिन्छ । त्यस्तै शिक्षाशास्त्र संकायमा भने विद्यार्थीहरुको उपस्थिति मध्ययम खालको रहेकोे छ ।

त्यस्तै विज्ञान ७.१, स्वास्थ्य र चिकित्साशास्त्र ४.४, इन्जिनियरिङ ३.०, कम्प्युटर र सूचना प्रविधि २.१, कानुन ०.८ कृषि ०.७, वन र पशुविज्ञान ०.३ र पशुचिकित्सा, मत्स्यपालन विषय अध्ययन गर्ने विद्यार्थीहरु ०.२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड