Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले खोल्यो प्राथमिक तहको विज्ञापन, यसरी दिनुहोस् आवेदन

शिक्षक सेवा आयोगले खोल्यो प्राथमिक तहको विज्ञापन, यसरी दिनुहोस् आवेदन

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र ९ २०७९


काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै आयोगले सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सूचित गरेको हो। आयोगको मिति २०७९/१२/०८ को निर्णयअनुसार विज्ञापन प्रकाशित गरिएको हो।

दरखास्त दिन चाहने उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिन सक्नेछन् । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइटमा गई डाउनलोड/सूचना/विज्ञापन ट्याब बाट प्राप्त गर्न र हेर्न सकिने आयोगले जनाएको छ |

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड