Matra Education आइतबार, साउन १० २०८३

५ लाख भन्दा बढी परीक्षार्थी एसईईमा सहभागी हुँदै

५ लाख भन्दा बढी परीक्षार्थी एसईईमा सहभागी हुँदै

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र ७ २०७९


फाइल तस्बिर

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत १७ गते बाट सुरु हुँदैछ । एसईईका लागि सबै प्रदेशमा प्रश्नपत्र पुर्‍याउने काम लगभग सकिए पनि बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा भने प्रश्नपत्र पुर्‍याउन अझै एक दुई दिन लाग्ने बोर्ड जानकारी दिएको छ ।

त्यस्तै बोर्डका अनुसार यो वर्ष ५ लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुने भएका छन् भने गत वर्ष एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी भएका थिए ।

यो वर्ष एसईईमा छात्र २ लाख ६० हजार ६६४ र छात्रा २ लाख ५५ हजार ९१३ जना गरी कूल ५ लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । यो वर्ष जापानको एभरेष्ट इन्टरनेसनल स्कुलबाट १५ जना विद्यार्थी सहभागी हुने जानकारी बोर्डले दिएको हो ।

बोर्डका अनुसार २ हजार ३८ वटा परीक्षा केन्द्रबाट परीक्षा लिइने छ । यो वर्ष सबैभन्दा बढी परीक्षा केन्द्र वाग्मती प्रदेशमा ७३४ वटा राखिएको छ भने सबैभन्दा कम कर्णालीमा १७९ वटा छन् । कर्णालीबाट यो वर्ष सबैभन्दा कम ४१ हजार ३२९ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड