Matra Education आइतबार, साउन १० २०८३

राजनैतिक दलहरुको झुटा आश्वासनले शिक्षा क्षेत्र पछि पर्यो : शिक्षाविद् कोइराला

राजनैतिक दलहरुको झुटा आश्वासनले शिक्षा क्षेत्र पछि पर्यो : शिक्षाविद् कोइराला

  • प्रभा अर्याल
  • सोमबार, चैत्र ६ २०७९


काठमाडौँ- शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले राजनैतिक दलहरुको झुटा आश्वासनले शिक्षा क्षेत्र पछि परेको आरोप लगाएका छन् ।

मात्र एजुकेसनको उत्पादनमा टि. भि.टुडे टेलिभिजन बाट प्रसारण भएको शैक्षिक मञ्च कार्यक्रममा प्राध्यापक कोइरालाले यस्तो बताएका हुन्

डा. कोइरालाले राजनैतिक दल तथा शिक्षा क्षेत्रमा आबद्ध राजनैतिक व्यक्तिहरूले जहिले खोक्रो भाषण मात्रै दिने, बोलेको कुरा पूरा नगर्ने, दलगत गुट र स्वार्थ भन्दा माथि उठेर काम नगर्नाले, पदिय लाभका लागि मात्रै काम गर्ने गरेकाले आज शिक्षा क्षेत्र धरासायी बन्न पुगेको उनले बताए ।

“जुन जोगि आए पनि कानै चिरेको” भनेझैं  जो व्यक्ति शिक्षामन्त्री भएपनी उहि पुरानै शैली, परम्परा अपनाउने, गुणस्तरीय शिक्षा प्रदान गर्ने भनेर केबल संविधानमा मात्रै लेख्ने तर व्यबहार त्यसलाई कार्यान्वयन नगर्ने, र शिक्षामा चिन्तनगत दारिद्रयता भएकोले अहिलेको शिक्षा क्षेत्र अलमल अवस्था रहेको उनले जिकिर गरेका छन् ।

यस्तै अब केन्द्रीय, प्रदेश र पालिकाले आ-आफ्नो ठाउँबाट शिक्षा क्षेत्रमा नयाँ विकल्पहरू खोज्न आवश्यक रहेको बताएका छन् । सधैं पाठ्यपुस्तक समयमै भनेको ठाउँमा पुर्‍याउन सकिएन भनेर उही पुरानै शैली अपनाएर झोक्राउनु भन्दा प्रविधिका माध्यम बाट नयाँ बाटोहरूको खोजी गरेर शिक्षा क्षेत्रलाई अगाडी बढाउन लाग्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड