Matra Education आइतबार, साउन १० २०८३

आयोगले प्रकाशन गर्यो शिक्षक बढुवा सम्बन्धी सूचना (सूचना सहित)

आयोगले प्रकाशन गर्यो शिक्षक बढुवा सम्बन्धी सूचना (सूचना सहित)

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र ६ २०७९


काठमाडौं- शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, दिपायल, सुदूरपश्चिम प्रदेशले कार्य सम्पादन मुल्याङ्कनको आधारमा  शिक्षक बढुवाको सूचना सार्वजनिक गरेको छ । आयोगले एक सूचना जारी गर्दै प्राथमिक तह, द्धितीय श्रेणीको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।

आयोगको बढुवा सिफारिस समितिको सचिवालयले डोटी, कैलाली, बैतडी, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा, कञ्चनपुर र अछाम जिल्लाका प्राथमिक तहका शिक्षकको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको जनाएको छ ।

बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोगको नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने विभिन्न जिल्ला, तह, ऋ्रेणी र विज्ञापनमा आधारमा उम्मेदवारहरुको बढुवा नामावली शिक्षक सेवा आयोगको नियमावली २०५७ को नियम ३४ को प्रयोजनको लागि शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।

बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस्:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड