काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) ले लुम्बिनी प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ। हिजो आइतबार सौरभ शर्माको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गर्दै फेकनले आफ्नो उपस्थिति लुम्बिनी प्रदेशमा पनि पुर्याएको हो।
लुम्बिनी प्रदेश शाखा संयोजक सौरभ शर्माको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम सञ्चालक कुलदिप शर्मा रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि फेकनका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत, विशेष अतिथि फेकनका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख हेमन्त राज दुलाल रहेका थिए । त्यस्तै अतिथिहरूमा केन्द्रिय सचिव छविन्द्र ओझा, कोषाध्यक्ष अनिल शर्मा, केन्द्रीय प्रतिनिधि आर.सी.केसी रहेका थिए। उक्त कार्यक्रम मार्फत संस्थाले तदर्थ समिति घोषणा गरेको हो।
प्राप्त विवरण अनुसार सौरभ शर्मा फेकन लुम्बिनी प्रदेश शाखा संयोजक बनेका छन्। त्यस्तै सदस्यहरूमा ओम प्रकाश रिजाल, अर्जुन खड्का, सेवक भट्टराई, मानसिंह वली, राजेश गौतम (रोनिश), डिल्ली राज डाँगी, निर्मला भण्डारी, रमेश गौतम, आशिष ओली, र सुमन शर्मा रहेका छन्।
लुम्बिनी प्रदेश शाखा गठन पछि मात्र एजुकेसन सँग कुरा गर्दै फेकनका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख हेमन्त राज दुलालले सबै प्रदेशमा संस्थालाई पुर्याउने अभियान अन्तर्गत लुम्बिनी प्रदेश शाखा गठन गरिएको बताए। उनले अब छिटै अन्य प्रदेशमा पनि क्रमिक रूपमा संस्थालाई लगिने जानकारी दिए।

