Matra Education आइतबार, साउन १० २०८३

आज पनि पाठ्यपुस्तक नपाएर पढाई राम्रो भएन भन्नु लाजमर्दो कुरा हो: शिक्षाविद् कोइराला

आज पनि पाठ्यपुस्तक नपाएर पढाई राम्रो भएन भन्नु लाजमर्दो कुरा हो: शिक्षाविद् कोइराला

  • प्रभा अर्याल
  • आइतबार, चैत्र ५ २०७९


काठमाडौँ- शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक नपाउनु नेपाली शिक्षाको समस्या नभएको बताएका छन् ।

मात्र एजुकेसनको उत्पादनमा टि. भि. टुडे टेलिभिजन बाट प्रसारण भएको शैक्षिक मञ्च कार्यक्रममा प्राध्यापक कोइरालाले यस्तो बताएका हुन् । सूचना र प्रविधिले विश्वलाई नै एकीकरण गरिरहेको अहिलेको यो समयमा पठनपाठनका लागि पाठ्यपुस्तक नै आवश्यक नरहेको उनले बताए ।

अबको २० वर्ष पछि पाठ्यपुस्तक पढाउने मान्छेहरू भेट्नै मुस्किल पर्ने भन्दै उनले शिक्षालाई अब पुराना किताबमुखी नभएर प्रविधिमैत्री र जीवनोपयोगी बनाउनुपर्ने र विद्यार्थीहरूले आफैँले जानेका, सुनेका, भोगेका तथा इन्टरनेट बाट खोजेका कुराहरूलाई नै जोडेर पाठ्यक्रम बनाउनु पर्ने धारणा व्यक्त गरे । प्राध्यापक कोइरालाले भने,” अब पुरानो थोत्रो बुद्धि बजाउन जरुरी छैन,अहिलेको समयमा पनि पाठ्यपुस्तक नै भएन भनेर गुनासो गर्नु लज्जाको विषय हो, पाठ्यपुस्तकको विकल्प खोज्नुपर्छ ।”

त्यस्तै उनले अहिलेको जमानामा प्रत्येक शिक्षकको हात हातमा मोबाइल, ल्यापटप भएकाले आफूले जानेका, सुनेका,देखेका र गरेका शिक्षा सम्बन्धी जानकारीहरू सामाजिक सञ्जालहरूमा सेयर गरेर समेत शिक्षा प्रदान गर्न सकिने हुनाले पाठ्यपुस्तक नै नचाहिने र त्यसका लागि शिक्षकहरू प्रविधिमैत्री र सिर्जनात्मक हुनुपर्ने जिकिर गरे ।

अहिलेको समयमा विद्यार्थीहरूले पाठ्यपुस्तक नै नपाएर अध्ययन बाट वञ्चित हुनु भनेको लज्जाको विषय भएको भन्दै कोइरालाले शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन नीति निर्माण तह देखि नयाँ विकल्पहरू खोज्नुपर्ने र पढ्नकै लागी त पुराना किताबहरू जम्मा गरेर पुस्तकालय बनाएर, परिवर्तन भएका पाठ्यक्रमहरूको बारेमा पाठ्यक्रम विकास केन्द्र सँग सोधेर वा वेबसाइटमा हेरेर, डाउनलोड गरेर पनि अहिलेको समयमा पठनपाठन सञ्चालन गर्न सकिने धारणा राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड