काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी), परीक्षा नियन्त्रण कार्यालय, सानाठिमी भक्तपुरले डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन निरन्तरता, शिक्षालय स्थानान्तरण र कार्यक्रम परिवर्तनका लागि आवेदन माग गरेको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले कार्यक्रम परिवर्तन गरी अध्ययन गर्न चाहेमा कारण खुलाई आवेदन दिन सकिने जनाएको हो ।
त्यस्तै कार्यक्रम परिवर्तन र शिक्षालय स्थानान्तरण गरी अध्ययन गर्न चाहाने विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयले तोकेका विभिन्न सर्तहरु पूरा गरी कागजातहरु अनिवार्य संलग्न गरेर चैत १९ गतेसम्म निवेदन दर्ता गराउन सकिने जनाएको छ ।
सूचना www.ctevtexam.org.np notice मा पनि हेर्न सकिने छ ।
सूचना हेर्नुहोस् :
