काठमाडौ- प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सि(टिइभिटी) परीक्षा नियन्त्रण कार्यालय, सानाठिमी भक्तपुरले बिशेष प्राबिधिक शिक्षा छात्रवृत्ति कार्यक्रममा प्रवेश परिक्षाको आवेदन फारम भर्ने म्याद थप गरेको छ।
परिषद्ले आज एक सूचना जारी गर्दै देशभरका दलित, सुलिम, बिपन्न र प्राबिधिक शिक्षाको पहुच नपुगेका ९९ वटा पालिकामा बसोबास गर्ने नेपाली नागरिकहरुका लागि बिशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत मिति २०७९ फागुन ८ गते गोरखापत्रमा प्रकाशित सुचना अनुसार आवेदन फारम बुझाउने अन्तिम म्याद २०७९ फागुन २८ सम्म रहेकोमा केहि कार्यक्रम तथा कोटाहरुमा कम आवेदन परेकाले आवेदन दिने म्याद पुन: थप गरिएको जनाएको हो ।
अब आवेदन फारम चैत ९ गते बिहीवार सम्म बुझाउन सकिने परिषद्ले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्:
