काठमाडौं- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको एकमुष्ठ योग्यताक्रम सहितको सिफारीस सम्बन्धी सूचना प्रकाशित गरेको छ।
मिति २०७८/९/१४ प्रकाशित विज्ञापन अनुसार प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण सहित स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरको यहि चैत १ गतेको निर्णयानुसार सिफारिस गरी पठाएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरेको आयोगले जनाएको छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्