Matra Education आइतबार, साउन १० २०८३

चार हजार ७७४ जना प्रवेश परीक्षा पास गर्नेले पढ्न पाउने छैनन् एमबिबिएस

चार हजार ७७४ जना प्रवेश परीक्षा पास गर्नेले पढ्न पाउने छैनन् एमबिबिएस

  • मात्र एजुकेशन
  • बिहिबार, चैत्र २ २०७९


काठमाडौँ- चिकित्सा शिक्षा आयोगको एमबिबिएस शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा पास गर्ने चार हजार ७७४ जनाले एमबिबिएस पढ्न नपाउने सम्भावना बढेको छ।

आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई-बीएल २०२३) अन्तर्गतको एमबिबिएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट सङ्ख्या भन्दा चार हजार ७७४ जना बढी विद्यार्थी उत्तीर्ण भएपछि यस्तो अवस्था उत्पन्न भएको हो।

आयोगले हिजो चैत १ गते प्रकाशित गरेको नतिजा अनुसार एमबिबिएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६६९ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका सबै एमबिबिएस अध्ययन गर्न योग्य हुने भए पनि आयोगले विभिन्न शिक्षण संस्थाको लागि एक हजार ८९५ सिट मात्रै छुट्याएको हुँदा बाँकी चार हजार ७७४ जना विद्यार्थीले उत्तीर्ण भए पनि पढ्न पाउने सम्भावना न्यून छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड