Matra Education आइतबार, साउन १० २०८३

स्नातक तहको चिकित्सा शिक्षामा यति धेरै विदेशी विद्यार्थीले पढ्न पाउने (सुचना सहित)

स्नातक तहको चिकित्सा शिक्षामा यति धेरै विदेशी विद्यार्थीले पढ्न पाउने (सुचना सहित)

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र १ २०७९


काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको विदेशी समूह, सःशुल्क छात्रवृत्ति (खुला तथा आरक्षण) लगायतका समूहको सिट संख्या बाँडफाँट गरेको छ ।

आयोगले फागुन २०७९/११/२३ गते प्रकाशित गरेको स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रम र शिक्षण संस्थाहरूमा निर्धारण गरिएको सिटलाई चिकित्सा शिक्षा आयोग कार्यकारी समितिको फागुन ३० गतेको निर्णयानुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ दफा १७ को उपदफा (४), (६), (८) र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १७ क. र २० मा भएको व्यवस्थाका आधारमा विदेशी समूह, सःशुल्क र छात्रवृत्ति ९खुला तथा आरक्षण० लगायतका समूहको सिट बाँडफाँड गरेको सुचनामा उल्लेख छ ।

त्यस्तै देशभरका २३९ शिक्षण संस्थाहरूले यो वर्ष स्नातक तहमा ७ हजार ६५९ सिट बाँडफाँट गरिएको छ ।

कार्यकारी समितिको निर्णय अनुसार सःशुल्क विद्यार्थी तीन हजार २८२ , पूर्ण छात्रवृत्तिको दुई हजार २४९ सिट, सामान्य छात्रवृत्तिको एक हजार २३५ र संरक्षित कोटाहरु महिला, दलित महिला, मुस्लिम महिला, मधेसी,थारू, आदिवासी जनजाति लगायतका एक हजार १४ र नेपाली आर्मी वेल्फेयर छात्रवृत्रिका लागि १०५,सिट बाँडफाँट गरिएको छ ।

आयोगले एमबीबीएसका लागि एक हजार ८९५ सिटमध्ये सःशुल्क ८५९ सिट, विदेशी विद्यार्थी ५५७, पूर्ण छात्रवृत्ति पाउने ४३० सिट, सामान्य छात्रवृत्ति पाउने २३७ सिट, नेपाली आर्मी वेल्फेयरमा छात्रवृत्तिका लागि ४९, संरक्षित कोटामा महिला, दलित महिला, मुस्लिम महिला,मधेसी,थारू आदिवासी जनजाति लगायतका लागि १९३ सिट विभिन्न २१ कलेजमा विभाजन गरेको जनाएको छ ।

त्यसैगरी बीएस्सी एमआईटी विषयको लागि विभिन्न ८ शिक्षण संस्थामा ७७ सिटमध्ये १८ सिट विदेशी विद्यार्थीलाई, ३३ सःशुल्क, २६ पूर्ण निःशुल्क, १४ सामान्य छात्रवृत्ति र १२ वटा आरक्षणतर्फ महिला, दलित, मधेसी,थारु,आदिवासी जनजाति लगायतका लागि छुट्याएको आयोगले जनाएको छ ।

सुचना हेर्न यहाँ क्लिक गर्नुृहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड