Matra Education आइतबार, साउन १० २०८३

आयोगद्धारा भोजपुर जिल्लाको संसोधित नतिजा प्रकाशन (नतिजा सहित)

आयोगद्धारा भोजपुर जिल्लाको संसोधित नतिजा प्रकाशन (नतिजा सहित)

  • मात्र एजुकेशन
  • बुधबार, चैत्र १ २०७९


काठमाडौं- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको अन्तर्वार्ताको संसोधित नतिजा प्रकाशित गरेको छ।

हिजो एक सूचना जारी गर्दै आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको भोजपुर जिल्लाको अन्तर्वार्ताको संसोधित नतिजा प्रकाशित भएको जनाएको हो।

शिक्षक सेवा आयोगबाट मिति २०७९/११/२७ गते भोजपुर जिल्लाको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको नतिजा प्रकाशन गर्ने क्रममा नतिजा तयार गर्ने सफ्टवेयरमा समस्या उत्पन्न भई लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्क गणना गरी कुल जम्मा गर्दा केहि उम्मेदवारहरूको सबै अङ्क गणना नभई नतिजा प्रकाशन हुन पुगेको देखिएकोले पुन: गणना गरी योग्यताक्रम अनुसारको नतिजा तयार गर्दा केहि फेरबदल भएकाले आयोगको मिति २०७९/११/३० गतेको निर्णय अनुसार संसोधित नतिजा प्रकाशित गरिएको जनाएको छ । अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटको नतिजामा गई नतिजा हेर्न सकिने पनि आयोगले जनाएको छ ।

नतिजाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड