काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले चार बर्षे बि.बि.एस. पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ। त्रिवि व्यवस्थापन सङ्काय अन्तर्गतको नतिजा एक सुचना जारी गर्दै हिजो बेलुका सार्वजनिक गरिएको हो।
परीक्षा नियन्त्रण कार्यालयले २०७८ साल साउन महिनामा सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गरेको जानकारी दिएको छ। परीक्षाफल सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशन गरिएको हो।
परीक्षाको नतिजा नतिजा त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट https://tuexam.edu.np/ मा हेर्न सकिन्छ । तपाईँले वेबसाइट भित्र गएर रिजल्ट भित्र सेलेक्ट गरेर त्यो भन्दा तल आफ्नो सिम्बोल नम्बर राखेर नतिजा हेर्न सक्नुहुन्छ।

त्यस्तै मोबाइलमा बि.बि.एस. पहिलो वर्षको नतिजा सहित हेर्न NTC बाट 4BBS सिम्बोल नम्बर टाइप गरि 33624 मा एस.एम.एस. गरेर हेर्न सकिन्छ।
वेबसाइट र एसएमएसमा नतिजा अपडेट हुन भने केही समय लाग्ने बताइएको छ।