Matra Education आइतबार, साउन १० २०८३

चैत्रको पहिलो हप्ता प्राविको विज्ञापन गर्ने आयोगको तयारी

चैत्रको पहिलो हप्ता प्राविको विज्ञापन गर्ने आयोगको तयारी

  • मात्र एजुकेशन
  • सोमबार, फाल्गुन २९ २०७९


काठमाडौं- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि चैत्रको पहिलो साता मात्र विज्ञापन गर्ने जनाएको छ ।

विविध प्राविधिक कठिनाइका कारण खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन वार्षिक कार्यतालिका भन्दा केही दिनपछि हुने आयोगले जनाएको हो ।

आयोगले जारी गरेको बार्षिक कार्यतालिकामा फागुनमा प्राविको विज्ञापन गर्ने भनेर सुचना उल्लेख गरिए पनि प्राविधिक कठिनाइका कारण प्राविको विज्ञापन चैत्र पहिलो साता मात्र गरिने आयोगले जानकारी दिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक साता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड