काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले उपप्रध्यापक पदपूर्तिका लागि आवेदन माग गरेको छ । आयोगले विभिन्न संकायका विभिन्न विषयहरुमा उपप्रध्यापक पदपूर्तिका लागि आवेदन माग गरेको हो ।
विश्वविद्यालयले खुला तथा समावेशी प्रतियोगिताद्धारा २१ जना उपप्रध्यापकहरु स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन माग गरेको जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरुले २०७९ फागुन २६ गतेदेखि चैत ३० गतेसम्म र २०८० बैशाख ७ गतेसम्म देब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।
सुचना हेर्नुहोस् :
