काठमाडौं- एक लाख घुस सहित ललितपुर महानगरपालिका शिक्षा अधिकृत शेषकान्त पौडेल पक्राउ परेका छन् ।
महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाटै पक्राउ गरेको हो ।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली ललितपुर महानगरपालिका कार्यालय पुगेको उनले बताए ।