काठमाडौं- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको दुई जिल्लाको अन्तर्वार्ताको नतिजा प्रकाशित गरेको छ। बुधबार बेलुकी एक सूचना जारी गर्दै आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अर्घाखाची र काभ्रेपल्चोक जिल्लाको अन्तर्वार्ताको नतिजा प्रकाशित भएको जनाएको हो।
शिक्षक सेवा आयोगबाट प्रकाशित विज्ञापन अनुसार प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरूको शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरूको योग्यताक्रम सहितको नतिजा आयोगले प्रकाशित गरेको हो।
आयोगको मिति २०७९/११/२४ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो । अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरूले आफ्नो नतिजा र प्राप्ताङ्क हेर्न चाहेमा आयोगको वेबसाइटको नतिजामा गई नतिजा प्रकाशन भएको मितिले ७ दिनसम्म हेर्न सकिने पनि आयोगले जनाएको छ ।
नतिजाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्।