काठमाडौं- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि लिइएको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरुको विभिन्न मितिमा सञ्चालित अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरुको नतिजा प्रकाशन गरेको हो ।
आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको स्याङजा र चितवन जिल्लाको अन्तर्वार्ताको अन्तिम नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा, अन्तर्वार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा उम्मेदवारहरुको योग्यताक्रम सहितको नतिजा प्रकाशित गरेको हो ।
साथै आयोगले तेह्रथुम जिल्लाको संसोधित नतिजा समेत प्रकाशन गरेको छ ।
नतिजा यहाँ क्लिक गरेर हेर्नुहोस्