Matra Education आइतबार, साउन १० २०८३

आगामी बैशाख १५ भित्र एसइइ को रजिष्ट्रेशन फाराम भरिसक्नुपर्ने

आगामी बैशाख १५ भित्र एसइइ को रजिष्ट्रेशन फाराम भरिसक्नुपर्ने

  • मात्र एजुकेशन
  • शुक्रबार, फाल्गुन १९ २०७९


फाइल तस्बिर

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०८० मा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न भराउनका सूचना प्रकाशित गरेको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको एसइइमा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम भर्न बोर्डले यो सुचना जारी गरेको हो ।

एसइइको फारम २०७९ फागुन १९ गतेदेखि २०८० बैशाख १५ गते भित्र भरिसक्नु पर्ने सुचनामा उल्लेख  छ ।

त्यसैगरि फारमभर्ने भराउने कार्यका लागि सबै विद्यार्थी, विद्यालय, स्थानीय तहका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाइ, राष्ट्रिय परीक्षा बोर्डका प्रदेश तथा शाखा कर्यालय तथा शिक्षा विकास निर्देशनालयहरुलाई जानकारीको लागि गराइएको सूचनामा उल्लेख गरिएको छ ।
सूचना हेर्नुहोस् :

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड