काठमाडौं- शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापन संशोधन गरेको छ । आयोगले आज एक सुचना जारी गर्दै निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापन संशोधन गरिएको जनाएको छ ।
आयोगले यसअघि गत माघ २७ गते माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो । तर शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट केही विषयहरुका पदहरुमा संशोधन भई आएकोले साविकका पदहरुमा संशोधन गरिएको छ ।
फागुन १८ गतेको निर्णय अनुसार विज्ञान संशोधन गरीएको आयोगले जनाएको छ ।
संशोधित विज्ञापनको वितृत विवरण आयोगको वेबसाइट बाट प्राप्त गर्न र हेर्न सकिने आयोगले प्रकाशित गरेको सुचनामा उल्लेख छ ।
सुचना हेर्नुहोस् :
