Matra Education आइतबार, साउन १० २०८३

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन १६ २०७९


काठमाडौं- बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रमका लागि आवेदन माग गरिएको हो । अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका आवेदन माग गरिएको छ ।

कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गर्ने गरी आवेदन माग गरिएको छ ।

त्यसैगरि आवेदन आगामी चैत २८ गते १० बजेसम्म बुझाउनु पर्ने छ भने चैत २८ गते बिहान ११ बजेदेखि लिखित परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड