Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ मा कुनै विषय तयारी गर्न गाह्रो भयो ? एडुसफ्टमा पाइन्छ निःशुल्क कक्षा

कक्षा १२ मा कुनै विषय तयारी गर्न गाह्रो भयो ? एडुसफ्टमा पाइन्छ निःशुल्क कक्षा

  • मात्र एजुकेशन
  • मंगलबार, फाल्गुन १६ २०७९


काठमाडौँ- कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको लागि राजधानीको शंखमुलमा रहेको एडुसफ्ट एकेडेमीले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत फेरि नयाँ सुविधा ल्याएको छ। विगतझैँ एकेडेमीले यो वर्ष पनि कक्षा १२ मा विज्ञान, व्यवस्थापन संकाय अध्ययनरत विद्यार्थीहरूका लागि फेरि निःशुल्क भिडियो कक्षा सञ्चालनमा ल्याएको हो।

एडुसफ्ट एकेडेमी-एनइबि एसईई युट्युब च्यानल मार्फत सुरुमा कक्षा १२ को व्यवस्थापन संकाय अन्तर्गतको एकाउन्टेन्सी विषयको लाइभ कक्षा सञ्चालन भइरहेको एडुसफ्टका को-फाउन्डर सुनिल क्षेत्रीले बताए ।

लामो शैक्षिक अनुभव हासिल गरेका दक्ष शिक्षकद्वारा एकाउन्टेन्सी विषयको सैद्धान्तिक ज्ञान प्रदान गर्नुका साथै विगतका वर्षहरूमा सोधिएको प्रश्नहरूको समाधानका र परीक्षामा आउन सक्ने सम्भावित प्रश्नहरूको विश्लेषण र समाधान कक्षामा गरिने उनले बताए ।

त्यस्तै दक्ष शिक्षक, शिक्षिका मार्फत क्रमशः अर्थशास्त्र,अङ्ग्रेजी, विज्ञान र गणित विषयको पनि लाइभ कक्षा पनि सञ्चालन गर्ने एकेडेमीको तयारी छ ।

आफूले पढ्दापढ्दै पनि कुनै प्रश्नको समाधान गर्न गाह्रो भएमा, दुबिधामा भएमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरू एडुसफ्ट एकेडेमीको आधिकारिक युट्युब च्यानलमा जोडिएर प्रश्नहरू राख्न सक्नेछन् ।

एडुसफ्टले विगतको वर्षमा कक्षा १२ मा अध्ययनरत हजारौँ विद्यार्थीहरूलाई निःशुल्क भिडियो कक्षा सुविधा दिएर परीक्षामा पास गराउन सफल भएको थियो ।

थप जानकारीका लागि यहाँ क्लिक गरेर एडुसफ्ट एकेडेमीको फेसबुक पेज सँग जोडिन जोडिनुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड