Matra Education आइतबार, साउन १० २०८३

अपेनले आफ्ना सदस्यहरूलाई सम्मान गर्ने

अपेनले आफ्ना सदस्यहरूलाई सम्मान गर्ने

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन १४ २०७९


काठमाडौँ- मन्टेश्वरि तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) ले आफ्ना सदस्यहरूलाई सम्मान गर्ने भएको छ । संस्थाले देव सुशील केडिया विश्व भारती स्कुल, जावलाखेल सँगको सहकार्यमा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । प्रि-स्कुल क्षेत्रमा विभिन्न माध्यमहरू बाट बालबालिकाको सर्वपक्षीय विकासमा योगदान गरेका अपेन सदस्यहरूलाई सम्मान गर्न लागेको अपेनले जनाएको छ । कार्यक्रम आगामी मार्च ३ तारिखका दिन जावलाखेलमा सञ्चालन हुनेछ।

अपेनले सम्मान कार्यक्रम निष्पक्ष होस् भन्नका लागि छनोटका केही मापदण्डहरू तय गरेको छ। मात्र एजुकेसनलाई प्राप्त जानकारी अनुसार सम्मान पाउन योग्य हुनका लागि अपेनको सदस्य हुनुपर्ने, ५ वर्ष प्रशासनिक तहमा काम गरेको अनुभव सहित कम्तीमा १० वर्षको शिक्षण अनुभव हुनुपर्ने, न्यूनतम +२ वा सो सरहको शैक्षिक योग्यता हुनुपर्ने, प्रतिनिधित्व गर्ने विद्यालयले न्यूनतम तोकिएको भौतिक पूर्वाधारको मापदण्ड पूरा गरेको हुनुपर्ने, अपेनको स्थानीय नगर कमिटीले सिफारिस गर्नुपर्ने लगायतका मापदण्ड तोकिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड