Matra Education आइतबार, साउन १० २०८३

त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पस शुक्रबार बन्द हुने

त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पस शुक्रबार बन्द हुने

  • मात्र एजुकेशन
  • बिहिबार, फाल्गुन ११ २०७९


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले भोलि शुक्रवार शोक बिदा दिने निर्णय गरेको छ ।

त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको यही फागुन ८ गते निधनमा भएकोले शोक व्यक्त गर्दै भोलि अर्थात् फागुन १२ गते बिदा दिने निर्णय गरेको हो । त्यस्तै भोलि हुने पूर्वनिर्धारित परीक्षाहरू यथावत् सञ्चालन हुने छ भने त्रिवि केन्द्रीय कार्यालय लगायत त्रिविका सम्पूर्ण आङ्गिक क्याम्पस तथा कार्यालय बन्द गर्ने निर्णय भएको रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड