काठमाडौँ- माघ ३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका शिशिर खनाल १९ औँ दिनमा आइपुग्दा राजीनामा बुझाउने अवस्थामा पुगेका छन्। उनी आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने भन्दै आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरे सँगै शिक्षामन्त्री खनाल पनि फिर्ता हुने भएका हुन्।
उक्त पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका हुन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् ।
यससँगै रास्वपाबाट मन्त्री बनेका डोलप्रसाद अर्याल र शिशिर खनाल तथा राज्यमन्त्री डा. तोसिमा कार्कीले आज राजीनामा दिने भएका हुन् अर्याल श्रममन्त्री खनाल शिक्षामन्त्री र कार्की स्वास्थ्य राज्यमन्त्री थिए ।