Matra Education आइतबार, साउन १० २०८३

शिक्षकलाई मासिक रुपमै तलब दिने तयारी गर्दै छौं: शिक्षामन्त्री खनाल

शिक्षकलाई मासिक रुपमै तलब दिने तयारी गर्दै छौं: शिक्षामन्त्री खनाल

  • मात्र एजुकेशन
  • आइतबार, माघ १५ २०७९


काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले शिक्षकलाई मासिक रुपमै तलब दिने तयारी गरिरहेको बताएका छन्।

आइतबार शिक्षा पत्रकार सञ्जाल (इजोन) को आठौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खनालले अन्य क्षेत्रका कर्मचारीले महिना सकिने बितिकै पारिश्रमिक पाउने तर शिक्षकले चार महिनासम्म तलब नपाउने अवस्थाको अन्त्य गरी समयमा नै तलब प्रदान गर्ने विषयमा छलफल गरिरहेको बताए । विद्यार्थीलाई समयमा नै पाठ्यपुस्तक पुर्‍याउन के गर्न सकिन्छ भनेर जनक शिक्षासँग दैनिक छलफल गरिरहेको पनि उनले उल्लेख गरे ।

विद्यालय शिक्षाको सिकाइ उपलब्धिको अवस्था दयनीय भएको भन्दै मन्त्री खनालले अबका शिक्षा योजनाहरू परिमार्जन गरी कार्यान्वयन ल्याउनु पर्ने भनाई राखे। गाउँगाउँका विद्यालयमा अध्ययनरत कक्षा आठका विद्यार्थीले राम्रोसँग नेपाली लेख्न पनि नसक्ने अवस्था रहेको उनको दाबि थियो।

‘सिकाइ उपलब्धिको अवस्था कमजोर छ, कक्षा चढेका छन् सिकाइसहित चढेका छैनन् ।’ उनले भने, ‘एसईईमा राम्रो नतिजा ल्याउने विद्यालयलाई राम्रो मानिने प्रवृत्तिले गर्दा तल्ला कक्षालाई वास्ता नगरी एसईईलाई मात्र जोड दिँदा तल्ला कक्षाका विद्यार्थीको अवस्था नाजुक छ ।’

प्राविधिक शिक्षा, पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई यथावत् अवस्थामा सञ्चालन गर्ने कि आवश्यकता र दीर्घकालीन प्रभावका आधारमा परिमार्जन गरी कार्यान्वयनमा ल्याउनु पर्छ भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग विश्लेषणात्मक प्रतिवेदन माग आफूले गरेको उनले उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड