Matra Education आइतबार, साउन १० २०८३

सिन्धुपाल्चोक र मकवानपुर जिल्लाको नतिजा प्रकाशित भए सँगै सकियो प्राविको नतिजा

सिन्धुपाल्चोक र मकवानपुर जिल्लाको नतिजा प्रकाशित भए सँगै सकियो प्राविको नतिजा

  • मात्र एजुकेशन
  • शनिबार, माघ १४ २०७९


फाइल तस्बिर

काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको अन्तिम दुई जिल्लाको नतिजा प्रकाशित गरेको छ। हिजो एक सूचना जारी गर्दै आयोगले सिन्धुपाल्चोक र मकवानपुर जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित भएको जनाएको हो।

अघिल्लो वर्षको चैत १९ र यस वर्ष असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरू मध्यबाट सफल हुने उम्मेदवारहरूको रोल नम्बर प्रकाशित गरिएको हो। आयोगले माघ १३ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गर्दै अन्तरवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

नतिजा यहाँ क्लिक गरेर हेर्न सकिन्छ।

प्राथमिक तहको खुला परीक्षाको नतिजा प्रकाशन गर्न यिनै दुई जिल्ला मात्र बाँकी रहेका थिए। सबै जिल्लाको नतिजा प्रकाशन भइसकेकाले अब आयोगले अन्तर्वार्ता लगायतका प्रक्रिया अगाडी बढाउनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड