काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको थप पाँच जिल्लाको नतिजा प्रकाशित गरेको छ। हिजो एक सूचना जारी गर्दै आयोगले भोजपुर, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशित भएको जनाएको हो।
अघिल्लो वर्षको चैत १९ र यस वर्ष असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरू मध्यबाट सफल हुने उम्मेदवारहरूको रोल नम्बर प्रकाशित गरिएको हो। आयोगले माघ ९ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गर्दै अन्तरवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्